
काठमाण्डू, २५ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहका राष्ट्रिय जनआन्दोलनका जनकमाण्डर घोषित दुर्गा प्रसाईका दाजु राकेशलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ ।
पेरिसडाडास्थिपत राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाण्डू ल्याइएको स्रोतले जानकारी दिएको छ ।
आइतबार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले जानकारी दिएका छन ।
राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता समेत हुन । ती अधिकारीले भनेः राकेश प्रसाई दुर्गा प्रसाईजस्तै अन्टसन्ट बोलेर सामाजिक संजालतिर भाइरल भइरहेका व्यक्ति हुन् ।
उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला । दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी,माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलियामा छन् ।