१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ चैत २४ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २५ चैत– प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राई रहेका छन ।

उनलाई आइतबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us