
काठमाण्डू, २४ चैत– नेकपा (एमाले)का नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन गरेको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्न गरेका छन् ।
एमाले सांसद थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेले पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन तथा बचतकर्तामाथिको घात भएको बताउँदै रास्वपाका नेता तथा कार्यकर्तालाई उक्त प्रश्न गरेका हुन् ।
उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशारदुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, ‘यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घातर विश्वासघात हो ।
न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किनरु हरेक व्यक्तिले आफ्नो पौरखका दशारदुर्दशा त भोग्नुपर्छ ।’