
काठमाण्डू, २३ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले आयोजना गर्ने सहभागी हुन नभ्याउने जानकारी दिएका छन ।
आज (शनिबार) आफ्नो थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् ।
थाइल्याण्डमा आयोजित बिमस्टेक सम्मेलनका क्रममा भएको साइडलाइन वार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई सो जानकारी दिइएको हो । ‘यसपटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न ।
किनभने उहाँको सो समयमा युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।’ यद्यपि, भारतबाट उच्च तहबाट नै संवाद कार्यक्रममा प्रतिनिधित्व हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन ।