कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाण्डु टुडे २०८१ चैत २० गते १६:२३ मा प्रकाशित

काठमाण्डू, २१ चैत– गत मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नव नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । उनीहरुको रिटमा सनुवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले स्रोतले जानकारी दिएको छ ।

यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए । सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us