काठमाण्डू, २६ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र कार्यकतामा विभेद भएको भन्दै आपत्ति व्यक्त गरेका छन । एमाले नेता बस्नेतले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आपत्ति व्यक्त गरेका हुन ।
उनले रास्वपा सभापति रवि लामिछानेले २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीन जनामध्ये उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको विषयमा टिप्पणी गरेका छन् । उनले भने, ‘रवि लामिछाने २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीनजना मध्य उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएछन् ।
नेता र कार्यकर्तामा विभेद किन ? प्रभु बैंक कता गएछ ? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन्रु ? बिहीबार सकिएको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो। अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविको ५४ लाखसहित २ करोड ७९ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको छ।
रवि चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाण्डू जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका हुन्। यस्तै साहारा सहकारी मुद्दामा चितवन जिल्ला अदालतले रविसँग ५४ लाख धरौटी मागेपछि उनका समर्थक घरजग्गाको लालपुर्जा र खाली चेक बोकेर सडकमा आएका थिए ।
अदालत परिसरभन्दा केही पर उनीहरूले हातमा लालपुर्जा र चेक देखाउँदै ‘नडराऊ रवि दाइ, पुर्जा हाम्रो हातमा छ’ भन्दै नारा लगाएका थिए ।