कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २६ गते १४:१४ मा प्रकाशित

काठमाण्डू, २६ माघ– प्रहरीले कैलालीबाट अवैध काठसहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्ने मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन ।

गौरीगंगा नगरपालिका–७ मटकौनाबाट ५७.०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित उनीहरुलाई पक्राउ गरीएको डिएसपी सिंहले जानकारी दिए ।

उनीहरुले गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा काठ ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको डीएसपी बोहराले जानकारी दिएका छन । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us