माधव नेपालको दाबी: ओलीलाई प्रधानमन्त्री पद चाहिए प्रचण्डजी नै दिन्थे !

काठमाण्डु टुडे २०८१ माघ २६ गते १४:०० मा प्रकाशित

काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पछिल्लो पटकको सरकार फेरबदलअघि केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री चाहियो भनेको भए दिने बताएका छन ।

आज (शनिबार) पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले भने, ‘एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो।

बदल्नुपर्ने कारण के थियो ?, ‘त्यसको औचित्य के थियोरु दुई वटा कम्युनिस्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो ?’ त्यति बेला ओलीसँग गठबन्धन फेर्नुपर्ने कुनै कारण नभएको बताएका छन ।

उनले भने, ‘प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्ड जीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो, बार्गेनिङ गरेको भए ।’ यदि दाहालले नछाडे पनि आफूलाई भनेको भए मान्ने अवस्था रहेको पनि उनले बताएका छन ।

उनले भने, ‘नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको सङ्ख्या थप्नु छ भनेको भए, बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us