भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २६ गते १२:१९ मा प्रकाशित

दार्चुला, २६ माघ- दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका–६ स्थित भवानी आधारभूत

विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो । महरा विगत ८ वर्षदेखि उक्त विद्यालयमा कार्यरत थिए ।
मार्मा गाउँपालिका–२ का स्थायी बासिन्दा महरा विद्यालय सकेर बिहेको जन्त जाने क्रममा भीरबाट खसेको प्रहरीले जनाएको छ । बाटोबाट ५० मिटर तल भीरमा खसेका उनको घटनास्थलमै मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us