काठमाण्डू, २६ माघ- चितवनको नारायणघाटबाट काठमाण्डू आइरहेको माइक्रोबस धादिङमा दुर्घटना भएको छ ।
बा२ख ७६३६ नम्बरको माइक्रो पृथ्वी राजमर्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १० पानीधारामा शनिबार राति दुर्घटना भएको हो ।
माइक्रो बस आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाइ छ । माइक्रोमा सवारी १४ मध्ये ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका९९ का ४३ वर्षीय प्रकाश अधिकारी, भरतपुर ७ का ५० वर्षीय मनबहादुर पुन, भरतपुर ५ का ५० वर्षीय सुदर्शन थापा, भरतपुर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, सोही वडाकी २३ वर्षीया अञ्जली रिजाल छन् ।