जन्ती बोकेको ट्याक्टर दुर्घटना

काठमाण्डु टुडे २०८१ माघ २६ गते १०:१३ मा प्रकाशित

काठमाण्डू, २६ माघ- कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ ।

जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश-०१०-२००१त१५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर राति सवा ११ बजेतिर दुर्घटना भएको हो ।

कैलाली प्रहरी प्रवक्ता डीएसपी कबीन्द्र बोहराले जानकारी दिए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते सबैको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us