काठमाण्डू, २६ माघ- आगलागीका कारण जलेर सिंहदरबारस्थित खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्ष नष्ट भएको छ ।
मन्त्रालयको चौथो तलामा रहेको यादवको कार्यकक्ष जलेर नष्ट भएको हो ।
मन्त्रालयमा शनिबार बिहान ९ बजेतिर आगलागी सुरु भएको थियो । आगलागी एक घण्टामा नियन्त्रणमा लिइएको सिंहदरबार प्रहरी गणले जनाएको छ ।
सेना, प्रहरी, कर्मचारी र दुई दलमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका प्रहरीको छ ।