गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १८ गते १७:५० मा प्रकाशित

काठमाण्डू, १८ माघ– गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर राना रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।

ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडिको पाङ्‍ग्राले कुल्चिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us