सरकारलाई अध्यादेश फिर्ता लिन माओवादीको आग्रह

काठमाण्डु टुडे २०८१ माघ १८ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, १८ माघ– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेका हुन ।

उनले भने, ‘यो संसद्‌मा अध्यादेशहरू आएका छन्, ६ वटा अध्यादेशहरू आएका छन्। ३१ वटा कानुनहरू संशोधनका लागि अध्यादेशहरू आएका छन्। अध्यादेश ल्याएर छिटो काम गर्ने भनेका होइनौँ, खै त ?

अहिलेसम्म त अध्यादेश अध्यादेश नै छन् ।’ उनले थपे, ‘छिटो काम गर्ने नाममा अध्यादेशहरू ल्याइएका छन्। संसद्‌मा सांसदहरूको भूमिकालाई मिनिमाइज गर्ने काममा सरकार लागेको छ ।

हो, आवश्यक परे अध्यादेशहरू ल्याउन सकिन्छ। तर, तिनले के उद्देश्य राखेका छन्, ती महत्त्वपूर्ण कुराहरू हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us