रवि लामिछानेमाथि अत्याचार गरिएको कुरा स्थापित भइसक्यो: रास्वपा

काठमाण्डु टुडे २०८१ माघ १८ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १८ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले आफूहरूका लागि पछिल्ला चार महिना अप्रिय भएको बताएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै रास्वपा सांसद डा.वाग्लेले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रा लागि पछिल्ला चार महिना अप्रिय छन् ।’

उनले पार्टी सभापति रवि लामिछानेमाथि सिङ्गो राज्य खनिएको बताएका छन् । उनले भने, ‘पहिले थुन्ने अनि प्रमाण खोज्ने चरित्र पनि देखियो। तेरो सेँखी झार्ने नै हो भनेर लागियो। रवि लामिछानेमाथि अत्याचार गरिएको हो भन्ने कुरा स्थापित भइसक्यो ।’

यस्तै उनले अहिले देखिएका सबै काण्डहरूमाथि छानबिन हुनुपर्ने माग गरे। अब पार्टीले त्यही विषय उठाउने उनले बताएका छन । उनले भने, ‘गिरीबन्धुदेखि कम्बोडियासम्म सबै–सबै काण्डको छानबिन हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us