सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त छैनः देउवा

काठमाण्डु टुडे २०८१ माघ १८ गते १५:३० मा प्रकाशित

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको बताएका छन ।

आज (शुक्रबार)बाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले भने, ‘सरकार सकारात्मक रुपले अघि बढेको छ । आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन ।

सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’ साथै, उनले नेकपा एमाले र कांग्रेसबीच भएका ७ बुँदे कार्यान्वयन हुनेमा आफू विश्वस्त भएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us