काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।
उनले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे । सभापति देउवाले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो ।’
उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन । उनले भने, ‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ ।’