‘पार्टी टुक्र्याउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’: प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ माघ १८ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, १८ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने यो सरकारको कुनै योजना नरहेको बताएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले यसबारे कसैले भय नराख्न स्पष्ट पारेका हुन् ।

पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नभएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘कति पय साथीहरूले बच्चाको जस्तो स्वभाव भन्ने टिप्पणी सुन्ने गरेको छु । बच्चा होस् या पाका कसैलाई पनि डर देखाउनुहुँदैन भन्ने म ठान्छु । आफैसँग डराउनेलाई दिने जवाफ चाहिँ मसँग छैन ।’

उनले थपे, ‘बरु तिनीहरू आफै पो कर्मको भयपासमा परेका हुन् कि । आज यत्ति चाहिँ भन्छु पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us