प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश

काठमाण्डु टुडे २०८१ माघ १८ गते १४:३२ मा प्रकाशित

काठमाण्डू, १८ माघ– आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा पुनः प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।

यसअघि रास्वपाका सांसदले बोल्नका लागि विशेष समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले बैठकको पहिलो दिन शून्य र विशेष समयको व्यवस्था नगरिएको भनेपछि उनीहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले आसन ग्रहण गर्न बारम्बार आग्रह गरे पनि रास्वपाका सांसदले अवरोध जारी राखेका थिए ।

उनीहरूको विरोधकै बिच सभामुखले बैठकको कारबाही अघि बढाएका थिए । त्यसपछि रास्वपाका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us