…त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयोः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ १८ गते १४:२० मा प्रकाशित

काठमाण्डू, १८ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भएको र धेरैको ज्यान गएको समाचार सुन्दा आफङ आङ सिरिङ भएको बताएका छन । आज शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन ।

उनले भने, ‘सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो । त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयो ।’ सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका बृद्ध बाबू–आमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनेको भन्दै उनले सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिसप्त भएको बताएका छन । उनले भने, ‘मैले संकल्प गरेँ– अब हामीले यस स्थितिलाई बदल्नु पर्नेछ र त्यसका लागि काम गर्नुपर्ने छ ।’

यस्ता वेदनामय खबरहरुबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।’ यसपटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको भन्दै उनले अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने पनि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले यसअघि थालेका कामहरुलाई हामीले कहाँ पुर्याउँदैछौँ भनेर संसदलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले काठमाण्डू–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको, चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us