तुलसीपुर, १७ माघ– दाङमा एक पुरुष खेतमा मृत अवस्थामा भेटिएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।
सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।