एकीकृत समाजवादी बैठक जारी

काठमाण्डु टुडे २०८१ माघ १७ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, १७ माघ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । बैठक केन्द्रीय कार्यालय आलोकनगरमा केहिबेर अधि मात्रै सुरु भएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।

आजको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् । एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us