काँग्रेस महामन्त्री शर्माद्वारा सरकारप्रति आपत्ति, सामाजिक सञ्जाल विधेयक नमान्ने घोषणा

काठमाण्डु टुडे २०८१ माघ १६ गते २१:१२ मा प्रकाशित

काठमाण्डू, १६ माघ– सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने

प्रावधानसहित सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

शर्माले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विधेयकका प्रावधान स्वीकार गर्न नसकिने बताए । अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने विधेयकका प्रावधान मान्न नसकिने भन्दै उनले विधेयक बदलिनेमा ढुक्क रहने भनेका छन् ।
विधेयकका विषयमाथि संसद्मा गम्भीर छलफल गरेर मात्रै पारित गरिने उल्लेख गरे । ‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस् । दृस्टि बदलिन्न । विधेयक बदलिन्छ, शर्माले भनेका छन्, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us