अखिल क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेतनिकट सापकोटा निर्वाचित

काठमाण्डु टुडे २०८१ माघ १६ गते २०:५३ मा प्रकाशित

काठमाण्डू, १६ माघ– माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानका अुनसार सापकोटाले ६ सय ८६ र राईले ६ सय १५ मत पाएका छन् ।

मतपत्रमा प्रयोग भएको कालो मसीलाई मान्यता दिने कि नदिने भन्ने विवादका कारण रोकिएको मतगणना बुधबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको हो ।

अध्यक्षमा निर्वाचित सापकोटा माओवादी उपमहासचिव शक्ति बस्नेतनिकट हुन् । राई अर्का उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् ।

क्रान्तिकारीको महासचिवमा शर्मानिकट रोशन थापामगर विजयी भएका छन् । उनले शक्ति बस्नेतनिकट सञ्जयकुमार महतोलाई पराजित गरे र

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us