सामाजिक सञ्जालमा खराब मान्छे हाबी छन्ः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ माघ ७ गते ७:४२ मा प्रकाशित

धनकुटा, ७ माघ– एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा खराब मानिसहरु बाही भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा बढी आलोचना हुन थालेपछि उनले प्रयोगकर्तामाथि आक्रोश पोखेका हुन् ।

‘सामाजिक सञ्जाल खराब मानिसहरुको हातमा छ’, धनकुटामा आइतबार आयोजित कार्यक्रममा पोखरेलले भने, ‘सामाजिक सञ्जाल एमाले र हाम्रो नेतृत्वविरुद्ध प्रयोग भएको छ ।’

पोखरेलले एमाले कमजोर पार्न सामाजिक सञ्जाल प्रयोग भइरहेकाले विरोधीविरुद्ध जाइलाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘सामाजिक सञ्जालमार्फत हामीविरुद्ध भ्रम फैलाउनेको प्रतिवाद गर्न म पार्टी पंक्तिलाई निर्देश गर्दछु’, उनले भने ।

फरक प्रसंगमा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको जिकिर गरे । साना दलहरुले ठूलामाथि शासन गर्ने प्रवृत्ति बढेकाले त्यसको अन्त्यका लागि आफूहरु मिल्नुपरेको जिकिर पोखरेलले गरे । ०८४ सालको निर्वाचनपछि साना दलहरुको अस्तित्व सकिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us