सहकारीमा कांग्रेसका ठूलै नेता भएपनि अनुसन्धानमा पाता कसेर लानुपर्छः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ पुष १६ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, १६ पुस– कांग्रेस महाकन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’

मंगलबार मकवानपुरमा भएको कार्यक्रममा बोल्दै थापाले गल्ति गरेको भए आफूलाई पनि पाता कसेर लगे हुने बताएका छन् । जसले ठगि गरेको उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने थापाले बताएका छन ।

थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठरदश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्यो भने प्रहरीले के गर्छ रु हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us