प्रचण्डले बीपीलाई बुझ्न ढिला गर्दा देशमा हिंसात्मक द्वन्द्व भयो: महामन्त्री शर्मा

काठमाण्डु टुडे २०८१ पुष १६ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, १६ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको दाबी गरेका छन ।

आज (मंगलबार) पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले बीपीको मेलमिलाप नीतिबारे व्याख्या गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस महामन्त्री शर्माले भने, ‘यो समाजलाई बीपीले पहिल्यै संगै जाऔं भन्नुभयो ।

कम्युनिस्ट आन्दोलनले यो कुरा बुझ्दैगर्दा ढिलो भएको उदाहारण हो, कमरेड प्रचण्ड हुनुपर्छ, ‘मदन भण्डारीले जुन कालखण्डमा वीपीलाई बुझ्नुभयो, त्यही कालखण्डमा प्रचण्डले बुझ्नुभएको भए १० वर्षे हिंसात्मक द्वन्द्व हुँदैन थियो ।

यतिधेरै मान्छे मारिनु पर्दैन थियो ।’ उनले प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएपछि सुन्दरीजलको जेलमा गएर बीपीका सामानहरू हेर्ने सुमसुम्याउने मात्रै भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us