काठमाण्डु, १६ पुस– आज मंगलबार बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।