रेसुङ्गाको वडानम्बर १४ टुक्राउने प्रस्ताव नगरसभाबाट पास

काठमाण्डु टुडे २०८१ पुष ९ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, ९ पुस– गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले वडानम्बर–१४ लाई टुक्राउने तयारी गरीएको छ । आज बसेको १६ औं नगर सभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्ततुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्तुत बहुमतले पारित भएको नगर सभाका एक सदस्यले जानकारी दिए । वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले प्रदान गर्दछ ।

संघीय सरकारले पनि नगरसभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर–१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । हाल रेसुङ्गा नगरपालिकामा १४ वटा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us