काठमाण्डु, ६ पुस– जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि हाता पारेका छन । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाउन सफल भएका थिए ।
उनले यस क्रममा ९ चौका र ४ छक्का प्रहार गर्न सफल भएका थिए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो । उनले ५० हजार रुपैयाँ प्रप्त गरेका छन । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते ।
क्याच अफ द म्याच शेर मल्लले पाए । उनले २५ हजार रुपैयाँ जिते । त्यस्तै, एनर्जेटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले हाता परेका छन । उनले पनि २५ हजार रुपैयाँ प्रप्त गरे ।