काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हाता पारेको छ । फाइनल खेलमा सुदूरपश्चिम रोएल्सविरुद्ध ५ विकेटले जित हात पार्दै जनकपुरले उपाधि हात पारेको हो ।
हाई स्कवरिङ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।
जनकपुरको जितसँगै समर्थकहरूले त्रिवि क्रिकेट मैदानमा उत्सव मनाइरहेका छन् । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।