![](https://www.kathmandutoday.com/wp-content/uploads/2024/10/dishhome.gif)
काठमाण्डु, २७ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहिबार भएको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
काठमाण्डुको कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाउन सफल भएको हो । विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाउन सफल भएका हुन । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे ।
ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन बनाउन सफल भए । बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाउन सफल भएका हुन ।
पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिन सफल भए ।