बारामा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १४:१० मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– बारामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवी रहेकी प्रहरीले जानकारी दिएको छ ।

लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us