चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ ।

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ ।

चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले चितवनबाटै रविलाई रिहाइको माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us