खसिबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– काठमाण्डुको खसिबजारमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गी रहेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डु महानगरपालिका–१४ खसिबजारस्थित सडकमा बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खड्गीको गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us