काठमाण्डु, १९ मंसिर– नेपालले चीनसँग प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विकास आयोजना मागेको छ ।
प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणका क्रममा झापाको दमकमा रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरिएको हो ।
प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिmङसँग शिष्टाचार र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
ती भेटपछि जारी १२ बुँदे संयुक्त वक्तव्यमा उक्त विषय समावेश गरिएको छ ।