काठमाण्डु, १९ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
प्रोस्टेटेको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्रा.डा.धनश्याम भुसालले राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको बताए ।