काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
मंगलबार भएको भेटमा ओलीले नेपाल–चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठका अवसरमा आगामी २०२५ मा नेपाल भ्रमण गर्न निम्तो दिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट सीलाई ओलीले भ्रमणको निम्तो दिएको पपराष्ट्र मन्त्रालयका पवक्ता एवं चीन हेर्ने डेस्क प्रमख कृष्णप्रसाद ढकालले जानकारी दिए ।
चिनियाँ प्रधानमन्त्री लीलाई पनि भ्रमणको निम्तो दिएको ढकालले बताए । राष्ट्रपति सी र प्रधानमन्त्री लीले उपयुक्त समयमा नेपाल आउने जवाफ दिएको ढकालले बेइजिङमा आयोजित प्रेस ब्रिफिङमा बताए ।
८७ सदस्यीय जम्बो टोली लिएर सोमबार चीन गएका प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति सीसँग शिष्टाचार र प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । ओली बिहीबार स्वदेश फर्कने कार्यतालिका छ ।