काठमाण्डु, १७ मंसिर– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतले ४ महिनापछि तारिख तोकेको छ ।
आज सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएपछि १८ चैतका लागि मुद्दाको पेशी तोकिएको हो ।
महान्यायाधीवक्ता कार्यालयले रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग सम्बन्धी अनुसन्धानमा मुद्दा नचल्ने निर्णय गरेपछि त्यो निर्णय बदर हुनुपर्ने माग राखी युवराज पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
पटक–पटक स्थगित भएको मुद्दाको सुनुवाईका लागि ४ महिनापछि पालो तोकिएको हो ।