एमालेले सात जिल्लाको अधिवेशन गर्न बाँकी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– सत्ता घटक दल नेकपा एमालेले सात जिल्लामा अधिवेशन अझै गर्न सकेको छैन । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवेशन यही महिनाभित्र सम्पन्न गर्ने जानकारी दिएका छन ।

मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी रहेको उनले जानकारी दिएका छन ।

गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा सुब्बाले जानकारी दिएका छन ।

उनले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै हुने जानकारी दिएका छन ।

पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई यही मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा. सुब्बाले बताए ।

‘मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो । जिल्ला कमिटीले मिति तोकेर आउनुपर्दछ, अनि हामीले निर्वाचन गराउने हो ।’ अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएको उनले जानकारी दिएक छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us