काठमाण्डु, १७ मंसिर– रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरीएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।
सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।