कीर्तिपुर अपडेटः कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– हिजो (आइतबार) भएको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना जारी छ ।

हालसम्म ५ वटा वडाको मतगणना सकिएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिएकी छन ।

११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।

आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् ।

मानन्धरले अहिलेसम्म २ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार १ सय १३ मतसहित चौथो स्थानमा छन् । निर्वाचन अधिकृत कार्कीका अनुसार गणना भएको मध्ये ११ हजार १४ मत सदर भएको छ भने ३ सय ३५ मत बदर भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us