कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन ।

मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।

उनको शपथ आज साढे ५ बजे गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए । ‘नियुक्तिको प्रक्रियामा छ,’ उनले भने’, साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’

एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us