गौरीशंकरको उपाध्यक्षमा माओवादीलाई सुरुवाती अग्रता

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् ।

दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत प्रप्त गर्दै उनलाई पछ्याइ रहेकी छन । तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । तामाङले २४० मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा श्रेष्ठले १८ मत पाएकी छन् । अब सात वडाको मतगणना गर्न बाँकी छ । यसअघि उक्त पालिकामा कांग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us