काठमाण्डु, १७ मंसिर– काठमाण्डुको पशुपति क्षेत्रमा एक महिला मृत अवस्थामा फेला परेकी छन । काठमाण्डु महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा नामथर, वतन नखुलेकी अन्दाजी ३५–३६ वर्षीया महिला मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ । मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।