कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाजित भएकी छन ।

कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन। बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत प्रप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us