काठमाण्डु, १७ मंसिर– एमाले वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन ।
ओली चीन भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई तोकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।
एमालेको विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको गौतमले जानकारी दिएका छन । चीन भ्रमण पूरा गरी ओली मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।