काठमाण्डु, १७ मंसिर– डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ । समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख घिमिरेले नहटाएको प्रति आपत्ति जनाउँदै राउत नेतृत्वको जनमतले सभामुख घिमिरेको राजिनामा माग गरेको हो ।
जनमतका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति निकालेर सभामुख घिमिरे कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनेर आफ्नो क्षेत्राधिकार दुरुपयोग गरेको आरोप लगाए ।
दलको कारबाहीलाई बदर गर्दा संसद सचिवालयले दलको सर्वोच्चता हनन् गरेको जनमतले टिप्पणी समेत गरेको छ । जनमतद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा एमालेमा जाने प्रतिबद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अबिलम्ब राजीनामा दिनुपर्दछ ।’
सभामुख घिमिरेले संसदमा नश्लवादी र रंगभेदी व्यवहार देखाएको जनमतले आरोप लगाएको छ ।