काठमाण्डु, १७ मंसिर– हिजो आइतबार भएको कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै गरेका छन । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् ।
उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् । गएको ०७९ को निर्वाचनमा यस नगरपालिकामा कांग्रस विजयी भएको थियो ।