करिब ४५ मिनेटपछि खुल्यो विमानस्थल

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि पुनः सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन् ।

१०ः३५ मा विमानस्थल बन्द गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन । अहिले ११ बजेर २३ मिनेटमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज अवतरण गरेको छ ।

उक्त जहाज हेटौँडामाथिको आकाशमा करिब ४० मिनेटसम्म होल्ड भएको उनले जानकारी दिए । प्रधानमन्त्रीको उडानका कारण नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय होल्ड भए  । अब क्रमशः यी विमानहरू अवतरण भइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us